युरोपा लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड
काठमाडौं, साउन २२ : म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदान वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा अस....

काठमाडौं, साउन २२ : म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदान वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा अस्ट्रियन क्लब लास्कलाई २–१ गोलले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले १–१ गोल गरे। पाहुना टोली लास्कका लागि फिलिप वेइसिंगरले सान्त्वना गोल गरे। सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ ।
इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ।
प्रकाशित मिति: ०७:४४ बजे, बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











