कोरिया जान ७५ हजार बढीले भरे फाराम
काठमाडौं, चैत ११: रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन खुला भएसँगै झण्डै साढे ७५ हजारले इपिएसको आवेदन फाराम....

काठमाडौं, चैत ११: रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन खुला भएसँगै झण्डै साढे ७५ हजारले इपिएसको आवेदन फाराम भरेका छन्।
शुक्रबारदेखि खुलेको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ७५ हजार ४ सय ३२ जनाले आवेदन दिएको इपिएस शाखाले जनाएको छ। भाषा परीक्षाका लागि शुक्रबारदेखि खुला गरिएको आवेदन चैत १७ राति १२ बजेसम्म आवेदन भर्न सकिने छ। परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने छ।
आवेदकले फाराम भर्नु अघि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको कमलादी कर्पोरेट शाखाबाहेक जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउनु पर्नेछ। यद्यपी परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन लागेका थिए। ग्लोबल आइएमई बैंकका सबै शाखामा युवायुवतीको भीड लागेको थियो।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eps.go.kr मा भर्न सकिने छ। आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नु पर्ने इपिएस शाखाले जनाएको छ।










-1754206481.jpg)