Kathmandu Press

झ्याप-झ्याप बत्ति जाने समस्याले भैरहवाका ९० प्रतिशत उद्योग बन्द 

काठमाडौं, साउन २१ :  रुपन्देहीको भैरहवा करिडोरका ९० प्रतिशत उद्योग बन्द भएका छन्। 

विद्युत लगातार आउने जाने भएर मेसिनमा समस्या आएप....

झ्याप-झ्याप बत्ति जाने समस्याले भैरहवाका ९० प्रतिशत उद्योग बन्द 
फाइल

काठमाडौं, साउन २१ :  रुपन्देहीको भैरहवा करिडोरका ९० प्रतिशत उद्योग बन्द भएका छन्। 

विद्युत लगातार आउने जाने भएर मेसिनमा समस्या आएपछि उद्योगहरु बन्द भएका हुन्। बिजुलीको आउने–जाने भइरहँदा कतिपय विद्युतीय उपकरण समेत बिग्रिएको भन्दै उद्योग बन्द हुन थालेका छन्। 

‘एक दिनमै ४० पटकसम्म विद्युत आउने–जाने भइरहेको छ,’ श्री स्टिलका सञ्चालक राजेश अग्रवालले काठमाडौंप्रेससँग भने,‘उद्योगका लागि दुई पटक लोडसेडिङ हुनु नै ठूलो समस्या हो।’

नेपाल विद्युत प्राधिकरणले गुणस्तरहीन बिजुली दिएकाले उद्योगको सम्पूर्ण मेसिन समेत बिग्रिन थालेपछि बाध्य भएर उद्योग बन्द गर्नु परेको उनको भनाइ छ। 

अनियमित बिजुलीका कारण उद्योग चलाउने अवस्था नरहेपछि उद्योग वाणिज्य महासंघका तर्फबाट विद्युत प्राधिकरणलाई पत्र पठाइएको अग्रवालले बताए। प्राधिकरण भने सिस्टम नै फेल भएको हुँदा समस्या आएको भन्दै पन्छिदै आएको छ।

‘बिजुली आउने जाने भइरहँदा मोटर बिग्रने, मेसिन जल्ने लगायत समस्या आएका छन्,’ उनले भने, ‘कोरोनाका कारणले महिनौंसम्म उद्योग बन्द गर्नुप¥यो। अहिले केही हदसम्म गति लिएको अवस्था थियो। तर, बिजुलीको समस्या थपिएको छ।’ 

पर्साको वीरगञ्जका उद्योगले पनि बिजुली आउने-जाने समस्या भोगिरहेका छन्। गुणस्तरीय बिजुली नहुँदा ठूलो आर्थिक भार खेप्नु परेको निम्बस ग्रुपका निर्देशक डा. दिनेश गौतमले बताए।

‘विगत दुई सातादेखि बिजुली आउने-जाने भइरहेको छ। यसले गर्दा उत्पादनमा कमी आएको छ। जसका कारण ठूलो आर्थिक भार व्यहोर्नु परेको छ,’ उनले भने। 

ठूलो मेसिनहरु सञ्चालन गर्दा एक मिनेट मात्र बत्ति गएपनि फेरि सञ्चालन गर्दा आधा घण्टासम्म तताउनु पर्ने समस्या रहेको उनको गुनासो छ। सेन्सिटिभ इलेक्ट्रोनिक पाट्र्समा समेत गम्भीर समस्या देखिने गरेको उनले बताए। ‘अहिले बत्ति जाने फेरि ६–७ मिनेटमै आउने भइरहेको छ। यसले हाम्रो एक घण्टा यसैपनि डिस्टर्ब भई हाल्छ,’ उनले भने। 

समस्याबारे सम्बन्धित निकायलाई जानकारी दिँदा समेत सुनुवाइ नभएको उनले बताए। विद्युत अनियमित हुँदा इलेक्ट्रोनिक सामानको मर्मत सम्भार, जेनेरेटर, उत्पादनमा कमी लगायतका समस्या खेप्नु परेको व्यवसायीहरुको गुनासो छ। 
 

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्