सरकारी कर्मचारीको कोरोना बीमा सुरु
काठमाडौं, साउन २१ : सरकारी कर्मचारीहरुको कोरोना बीमा औपचारिक रुपमा सुरु भएको छ। चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको कोरोना बीमा बुधबार दिउँसोबाट स....

काठमाडौं, साउन २१ : सरकारी कर्मचारीहरुको कोरोना बीमा औपचारिक रुपमा सुरु भएको छ। चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको कोरोना बीमा बुधबार दिउँसोबाट सुरु भएको हो।
कोरोना महामारीको डर भन्दा आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिन कोरोना बिमा कार्यक्रम अगाडि बढाइएको बीमा समितिले जनाएको छ।
बीमा समितिले वैशाखको पहिलो सातादेखि कोरोना बीमाको शुरुवात गरेको थियो। उक्त बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ तोकिएको छ।
सरकारले सरकारी कर्मचारीको पुरै बीमा शुल्क र आम नागरिकको ५० प्रतिशत शुल्क व्यहोर्ने जनाएको छ।
प्रकाशित मिति: १५:५४ बजे, बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
