Kathmandu Press

मदन पुरस्कारका लागि सात पुस्तक छनोट

काठमाडौं, साउन २१ : मदन पुरस्कारका लागि श्रेष्ठ सूचिमा सात पुस्तक छनोट भएका छन्।

बुधबार मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार....

मदन पुरस्कारका लागि सात पुस्तक छनोट
काठमाडाै‌ं प्रेस

काठमाडौं, साउन २१ : मदन पुरस्कारका लागि श्रेष्ठ सूचिमा सात पुस्तक छनोट भएका छन्।

बुधबार मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कारका लागि छनोट भएका पुस्तकको श्रेष्ठ सूचि सार्वजनिक गरेका छन्। गुठीको छनोट समितिले २०७६ को मदन पुरस्कारका लागि एक सय ५१ पुस्तकबाट सात पुस्तक छनोट गरेको हो।

Hardik ivf

गुठीले केही वर्षदेखि श्रेष्ठ १० पुस्तकको सूचि सार्वजनिक गर्दै आएको थियो। यस वर्ष भने छनोट समितिले सात पुस्तकमात्रै श्रेष्ठ सूचिमा राखेको गुठीका अध्यक्ष दीक्षितले जनाएका छन्।

मदन पुरस्कारका लागि छनोट भएका पुस्तकमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता र योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३) रहेका छन्।

त्यस्तै, श्रेष्ठ सातमा परेका पुस्तकमा चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन्।

छनोट भएका सातै पुस्तकमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछन्।

 

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, साउन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्