Kathmandu Press

काेराेना लागेका अभिषेकले अस्पतालबाटै सेयर गरे सुन्दर तस्बिर

काठमाडौं, साउन २१ : कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता अभिषेक बच्चन फोटो खिचेर सेयर गर्न थालेका छन्।

अभिषेकसँगै अ....

काेराेना लागेका अभिषेकले अस्पतालबाटै सेयर गरे सुन्दर तस्बिर

काठमाडौं, साउन २१ : कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता अभिषेक बच्चन फोटो खिचेर सेयर गर्न थालेका छन्।

अभिषेकसँगै अमिताभ बच्चन, ऐश्वर्या राय र आराध्यालाई कोरोना संक्रमण भएको थियो। अमिताभ, ऐश्वर्या र आराध्या निको भएर घर फर्किसकेका छन्।

तर, अभिषेक भने अस्पतालमै छन्। उनको उपचार जारी रहेको जनाएको छ। अभिषेक स्वास्थ्य अवस्था सामान्य रहेको छ।

रक्षाबन्धन अस्पतालमै बिताउनुपरेपछि उनले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आशा जगाउन खोजेका छन्। उनले प्राकृतिक सुन्दरता झल्किने फोटो सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको तस्बिरमा आकाश, बादल र गमल सुन्दर देखिएका छन्। उनले त्यसमा लेखेका छन्, प्रकृति कहिल्यै पनि आफ्नो प्रभाव छोड्न चुक्दैन।
ह्यासट्यागमा उनले थपेका छन्, जहिल्यै जीवनको उज्यालो पक्ष हेर्नुपर्छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

The colours of nature never fail to impress. #alwayslookonthebrightsideoflife

A post shared by Abhishek Bachchan (@bachchan) on

 

 

प्रकाशित मिति: ११:४० बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्