सुन अहिलेसम्मकै महँगो, एक ताेलाकाे माेल एक लाख नाघ्यो
काठमाडौं, साउन २१ : सुनको मूल्यले कीर्तिमान कायम गरेको छ। बुधबार सुनको मूल्य एक लाख नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार....

काठमाडौं, साउन २१ : सुनको मूल्यले कीर्तिमान कायम गरेको छ। बुधबार सुनको मूल्य एक लाख नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनमा प्रतिताेला एक हजार ६ सय रुपैयाँ मूल्य वृद्धि भई एक लाख एक हजार चार सय रुपैयाँ पुगेको छ।
यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। मंगलबार प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ पुगेको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छ। त्यसैले नेपालमा प िसुनको मूल्य बढेको छ। यो क्रम अझ जारी रहने नेपला सुनचाँदी महासंघले जनाएको छ।
कोरोना भाइरसको महामारी फैलिएसँगै सुनको मूल्य बृद्धि हुन थालेको हो। पाँच महिनायता सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि केही बृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ पुगेको छ। मंगलबार एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको थियो।










-1754206481.jpg)
