Kathmandu Press

निर्माता संघले भन्यो- हल खोल्ने वातावरण भए फिल्म रिजिल गर्न तयार छौं

काठमाडौं, साउन २० : नेपाल चलचित्र निर्माता संघ सरकारले साथ दिए आफूहरु फिल्म रिलिज गर्न तयार रहेको जनाएको छ। 

संघका अध्यक्ष आकाश अधिकारीले चल....

निर्माता संघले भन्यो- हल खोल्ने वातावरण भए फिल्म रिजिल गर्न तयार छौं

काठमाडौं, साउन २० : नेपाल चलचित्र निर्माता संघ सरकारले साथ दिए आफूहरु फिल्म रिलिज गर्न तयार रहेको जनाएको छ। 

संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए फिल्म रिलिज गर्न तयार रहेको बताएका हुन्। कोरोनाबाट चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पूरा भए चलचित्र रिलिज गर्न आफूहरु तयार रहेको अधिकारीले बताए। 

Hardik ivf

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष अधिकारीले फिल्म हल खोल्ने वातावरण भए फिल्म रिलिज गर्न तयार रहेको बताए। फिल्म निर्माताले कुनै पनि फिल्ममा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्नेगरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो।

ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलचित्र रिलिज गर्न सक्ने वातावरण बन्ने उनको भनाइ छ। सुरुमा नेगेटिभबाट रिलिज भएका पुराना सिनेमालाई डिजिटल माध्यमबाट रिलिज गरी सिनेमा घर खुलेको सन्देश दिन सकिने र त्यसपछि मात्रै दशैंसम्ममा नयाँ सिनेमा रिलिज गर्ने वातावरण बन्ने अध्यक्ष अधिकारीले बताए। 

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा ३० देखि ३२ हजार र अप्रत्यक्ष रुपमा एक लाख पचास हजारसम्मले रोजगारी गुमाएको अधिकारीले बताए। उनले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको बताए। कोभिडका कारण ठूलो क्षति भएको क्षेत्रलाई बजेटले समेट्न नसकेको तर मौद्रिक नीतिबाट अधिकांश समस्या समाधान भएको उनले बताए। 

लकडाउन सुरु भए यता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ। अध्यक्ष अधिकारीका अनुसार चैतदेखि जेठसम्म प्रदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्यांक संघमा प्राप्त भएको बताए। 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, साउन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्