Kathmandu Press

फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण

काठमाडौं, साउन २० :  नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ।

ओङ्स तेक्वा....

फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण

काठमाडौं, साउन २० :  नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ।

ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १-१ रजत र कांस्य पदक जितेका हुन्। नेपालका लागि राजु नगरकोटीले  स्वर्ण, सञ्जीव नेपालले रजत र सन्दीपा अमगाईंले कांस्य पदक दिलाएका थिए।

राजुले ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जित्न सफल भए। उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरे। राजुले कुल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए। ४० वर्षमुनि उमेरसमूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए।

उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे। गिलबर्टले ६.६६० अंक र सञ्जीवले ५.८३३  अंक पाएका थिए।

त्यसैगरी, महिला ३० वर्षमुनि उमेरसमूहमा नेपालकै सन्दीपा अमगाईंले ५.९६७ अंक प्राप्त गर्दै कांस्य पदक जितिन्। सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंक र फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंक प्राप्त गर्दै क्रमशः शीर्ष दुईमा रहे।

च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। उक्त च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्पm प्रतिस्पर्धा भएको थियो। च्याम्पियनसिपमा आयोजक अमेरिकी पहिलो, फिलिपिन्स र सिंगापुर तेस्रो भयो।

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, साउन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्