Kathmandu Press

चीनको युनान पुग्यो सलह

कुनमिङ, साउन २० : चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको छ। 

चीनको युनान पुग्यो सलह

कुनमिङ, साउन २० : चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको छ। 

कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन्।

मौसम सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ। 

स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ। यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो। सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन्।

विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ।

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्