Kathmandu Press

विकास मल्ल बने राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षक

काठमाडाैं, साउन २० : नेपाली राष्ट्रिष्य फुटबल टिमका पूर्वगोलकिपर विकास मल्ल राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल....

विकास मल्ल बने राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षक

काठमाडाैं, साउन २० : नेपाली राष्ट्रिष्य फुटबल टिमका पूर्वगोलकिपर विकास मल्ल राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटलब संघ (एन्फा) ले बुधबार मल्ललाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो। मल्लले जापानी नागरिक हिरो मिट्सुमारुको स्थान लिने छन्। मिट्सुमारु जाइकामार्फत भोलेन्टियरका रुपमा नेपाली राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकका रुपमा काम गरिरहेका थिए।

भदौ १ बाट सुरु हुने बन्द प्रशिक्षणबाट मल्लले जिम्मेवारी सम्हाल्ने छन्। मल्लले एएफसीबाट गोलकिपर प्रशिक्षकको लेभल–१ कोर्ष गर्नुका साथै एएफसीबाट सी लेभलको प्रशिक्षकको लाइसेन्स लिएका छन्। मल्लले फिफाबाट एम सर्टिफिकेट पनि लिएका छन्।

सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टिमको गोलपोस्ट सम्हालेका विकास त्यो समयका उत्कृष्ट गोलकिपर हुन्। मल्लले घरेलु फुटबल त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए।

विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा हुने चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोडर्नविरुद्धको खेलमार्फत विकास राष्ट्रिय टिममा सामेल हुनेछन्। नेपालले अक्टोबर ८ मा चाइनिज ताइपे, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ।

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्