Kathmandu Press

सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ

काठमाडौं, साउन २० : सुनको मूल्य लगातार उकालो लागिरहेको समयमा मंगलबार प्रतितोला दुई सय रुपैयाँले बढेको छ। 

सोमबार प्रतितोला ९९ हजार ६ सय....

सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ

काठमाडौं, साउन २० : सुनको मूल्य लगातार उकालो लागिरहेको समयमा मंगलबार प्रतितोला दुई सय रुपैयाँले बढेको छ। 

सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ पुगेको छ। 

मंगलबार तय भएको सुनको बजार मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३७५ रुपैयाँ कायमा गरेको छ। 

त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्