Kathmandu Press

बलिउड अभिनेत्री मिनिषा लाम्बाले गरिन् सम्बन्धविच्छेद

काठमाडौं, साउन १९ : बलिउड अभिनेत्री मिनिषा लाम्बाले सम्बन्धविच्छेद गरेकी छन्।

दुई वर्षदेखि अलग्गै बस्दै आएकी मिनिषाले केही दिन अघि पति रायन ....

बलिउड अभिनेत्री मिनिषा लाम्बाले गरिन् सम्बन्धविच्छेद

काठमाडौं, साउन १९ : बलिउड अभिनेत्री मिनिषा लाम्बाले सम्बन्धविच्छेद गरेकी छन्।

दुई वर्षदेखि अलग्गै बस्दै आएकी मिनिषाले केही दिन अघि पति रायन थामसँग सम्बन्धविच्छेद गरेको भारतीय मिडियाले जनाएका छन्। उनले सन् २०१५ मा प्रेम विवाह गरेकी थिइन्। विवाहबारे साथीभाइलाई समेत जानकारी दिएकी थिइनन्।

मिनिषा र रायनको मुम्बईको नाइट क्लबमा भेट भएको थियो। त्यसपछि नजिकिएका उनीहरु दुई वर्ष प्रेम सम्बन्धमा रहेका थिए।

दुई वर्ष अघिदेखि उनीहरुको सम्बन्धी बिग्रिएको समाचार आइरहेका थिए। उनी र रायन अलगअलग बस्दै आएका थिए।

उनले यहाँ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन्। उनले सुपरहिट फिल्म कर्पोरेट, हनिमुन ट्राभल्स प्राइभेट लिमिडेड, दश कहाँनिया, बचना ऐ हसिनो, शौर्य, वेल डन अब्बा भेजा फ्राइ २ र भेजा फ्राइन ३ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

 

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्