सुनको मूल्य प्रति तोला ९९ हजार ६ सय
काठमाडौं, साउन १८ : नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला ९९ हजार ६ सय रुपैयाँ पुगेको छ।
शुक्रबार ९९ हजार तीन सय रुपैयाँमा ....

काठमाडौं, साउन १८ : नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला ९९ हजार ६ सय रुपैयाँ पुगेको छ।
शुक्रबार ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तीन सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम राखेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९९ हजार एक सय ६० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्प पनि प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १३:३५ बजे, आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
