Kathmandu Press

२४ घण्टामा विश्वभर थपिए दुई लाख ४७ हजार संक्रमित 

काठमाडौं, साउन १८ : बितेका २४ घण्टामा विश्वभर दुई लाख ४७ हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा थप ५ हजार ३९१ जना संक्रमितको मृत्यु भएको छ....

२४ घण्टामा विश्वभर थपिए दुई लाख ४७ हजार संक्रमित 

काठमाडौं, साउन १८ : बितेका २४ घण्टामा विश्वभर दुई लाख ४७ हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा थप ५ हजार ३९१ जना संक्रमितको मृत्यु भएको छ।

 अमेरिकामा सबैभन्दा धेरै ५८ हजार ४२९ जना नयाँ संक्रमित फेला परेका छन्। त्यहाँ एक दिनमै एक हजार १२३ जना संक्रमितको ज्यान गएको छ। ब्राजिलमा ४२ हजार ५७८ जना संक्रमित थपिएका छन् भने एक दिनमै एक हजार ४८ जना संक्रमितको ज्यान गएको छ।

भारतमा  ५४ हजार ८६५ जना नयाँ संक्रमित थपिएका छन् भने ८५२ जना संक्रमितले ज्यान गुमाएका छन्। वर्ल्डोमिटरका अनुसार विश्वभर १ करोड ८० लाख संक्रमितमध्ये ६ लाख ८८ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाईसकेका छन् ।

यस्तै, १ करोड १३ लाख वढी संक्रमित उपचारपछि निको भएका छन् । 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्