सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ
काठमाडौं, साउन १६ : सुनको मूल्य आज पनि बृद्धि भएको छ। शुक्रबार तोलामा तीन सय रुपैयाँ बढेसँगै एक लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी म....

काठमाडौं, साउन १६ : सुनको मूल्य आज पनि बृद्धि भएको छ। शुक्रबार तोलामा तीन सय रुपैयाँ बढेसँगै एक लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार तीन सय पुगेको छ। बिहीबार ९९ हजारमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार आठ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
शुक्रबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
