Kathmandu Press

हरिवंश आचार्यले ल्याए गाईजात्रा गीत ‘तिमी के को जान्ने’

काठमाडौं, साउन १६ : कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक भएको छ।

राजनीतिक व्यंग्य पस्किएको गीतको भ....

हरिवंश आचार्यले ल्याए गाईजात्रा गीत ‘तिमी के को जान्ने’

काठमाडौं, साउन १६ : कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक भएको छ।

राजनीतिक व्यंग्य पस्किएको गीतको भिडियोलाई दर्शकले पनि मन पराएका छन्। यसमा राजनीतिक खिचातानी र नेताहरुको ‘मै जान्ने मै सुन्ने’ प्रवृतिलाई देखाइएको छ।

यस गीतमा हरिवंशकै शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियो हरिवंशसँगै शशिकुमार खड्का, धनराम मुस्कान, किरण तुलाध, सम्राट घिमिरे, दीप शेर्पाली, अनिल जिसी (बुलेट), शंकर बिसी, सुवास महतको अभिनय रहेको छ।

सागरराज शर्माको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईंले छायाँकन र सुशिल न्यौपानेले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्