Kathmandu Press

बाहुबलीका निर्देशक एसएस राजामौलीलाई कोरोना

काठमाडौं, साउन १५ : बहुचर्चित बाहुबली फिल्मका निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।  

ट्वीटरमार्फत राजामौलीले आफू....

बाहुबलीका निर्देशक एसएस राजामौलीलाई कोरोना
एजेन्सी

काठमाडौं, साउन १५ : बहुचर्चित बाहुबली फिल्मका निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।  

ट्वीटरमार्फत राजामौलीले आफू र परिवारका सदस्यलाई हल्का ज्वरो जचाउन जाँदा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्। रिर्पोट पोजेटिभ देखिएसँगै उनी अहिले होम–क्वारेटाइनमा बसेका छन्।  

आरआरआर फिल्मको निर्देशनमा व्यस्त रहेका राजामौलीको नयाँ प्रस्तुति दिने तयारीमा छन्। यस फिल्ममा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको भूमिका रहनेछ।

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्