Kathmandu Press

चर्चित टेलिभिजन श्रृंखला ‘नागिन ५’ टिजर सार्वजनिक

काठमाडौं, साउन १५ : चर्चित टेलिभिजन श्रृंखला ‘नागिन ५’को टिजर सार्वजनिक गरिएको छ।

एकता कपूरको विशेष टेलिभिजन श्रृंखला नागिन छिट्....

चर्चित टेलिभिजन श्रृंखला ‘नागिन ५’ टिजर सार्वजनिक

काठमाडौं, साउन १५ : चर्चित टेलिभिजन श्रृंखला ‘नागिन ५’को टिजर सार्वजनिक गरिएको छ।

एकता कपूरको विशेष टेलिभिजन श्रृंखला नागिन छिट्टै प्रसारण हुने भएको हो। यसको क्लाइमेक्सको एपिसोड सुटिङपछि टिजर सार्वजनिक गरिएको छ।

टिजरमा पहिलो पटक हिना खान इच्छाधारीको नागिन बनेकी छन्। केही दिन अघि टेलिभिजन कलाकार मोहित मल्होत्राले आफू र हिना खान नागिनमा रहेको जानकारी दिएका थिए।

एकता कपूरले लकडाउन सुरु भएसँगै ‘नागिन ४’ बन्द गरेर ‘नागिन ५’ आउने घोषणा गरेकी थिइन्। यसका लागि धमाधम काम भइरहेको जनाएको छ।

 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्