Kathmandu Press

सुनको मूल्य एक लाखनजिक

काठमाडौं, साउन १५ : सुनको मूल्य आज पनि बृद्धि भएको छ। बिहीबार पाँच सय रुपैयाँ बढेसँगै एक लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका....

सुनको मूल्य एक लाखनजिक

काठमाडौं, साउन १५ : सुनको मूल्य आज पनि बृद्धि भएको छ। बिहीबार पाँच सय रुपैयाँ बढेसँगै एक लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रति तोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

कोरोना भाइरसको महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी बढाएपछि भाउ बढेको व्यवसायीले बताएका छन्। मूल्य बढेपछि नेपाली बजारमा भने सुनका गरगहनाको कारोबार घटेको छ।

चाँदनीको मूल्य भने स्थिर रहेको छ। चाँदीको भाउ तोलाको एक हजार दुई सय २५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्