Kathmandu Press

संजय दत्तको ‘अधिरा’ लुक सार्वजनिक

काठमाडौं, साउन १४ : भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक भएको छ ।

यस फिल्ममा संजय दत्तलाई ‘अधिरा’....

संजय दत्तको ‘अधिरा’ लुक सार्वजनिक

काठमाडौं, साउन १४ : भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक भएको छ ।

यस फिल्ममा संजय दत्तलाई ‘अधिरा’ पात्रमा खलनायकको भूमिकामा देख्न सकिनेछ। उनको जन्मदिनको अवसरमा बुधबार ‘अधिरा’ पात्रको पहिलो लुक सार्वजनिक गरिएको हो।

संजय दत्तले ट्वीटरमार्फत केजीएफको टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।

रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित चलचित्र ‘केजीएफ च्याप्टर १’ सुपरहिट भएपछि ‘केजीएफ च्याप्टर २’ निर्माण गरिएको हो। यस वर्षको बहुप्रतिक्षित यो फिल्म अक्टोवरमा रिलिज हुनेछ।

कन्नड भाषामा निर्माण हुने फिल्म हिन्दी, तमिल, मलायालम र तेलेगु भाषामा डब गरिनेछ।

 

 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्