Kathmandu Press

सुशान्तको 'दिल बेचारा'लाई एकदिनमै साढे नौ करोडले हेर

काठमाडौं, साउन १४ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा'ले कीर्तिमान कामय गरेको छ। एकदिनमै साढे नौ करोडले दर्शकले यो फ....

सुशान्तको 'दिल बेचारा'लाई एकदिनमै साढे नौ करोडले हेर

काठमाडौं, साउन १४ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा'ले कीर्तिमान कामय गरेको छ। एकदिनमै साढे नौ करोडले दर्शकले यो फिल्म हेरेका छन्।

यो फिल्म अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज गरिएको थियो। रिलिज एको २४ घन्टामा नौ करोड ५० लाख दर्शकले हेरेको जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा राम्रो ओपनिङ हो।

ओरम्याक्स मिडियाका अनुसार यो फिल्म संसारभर चर्चित वेबसिरिज 'गेम अफ थ्रोन्स'लाई भन्दा बढी हेरिएको छ।

अनलाइन रिलिज भएको यो फिल्म सित्तैमा पनि हेर्न सकिन्छ। सुशान्तका फ्यानको भावनालाई कदर गर्दै निःशुल्क पनि हेर्नसकिने व्यवस्था गरिएको थियो।

यसमा सुशान्तसँगै सञ्जना साँघीको अभिनय रहेको छ। यसलाई मुकेश छावडाले निर्देशन गरेका हुन्।

 

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्