सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय रुपैयाँ
काठमाडौं, साउन १४ : बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।
मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन ....

काठमाडौं, साउन १४ : बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।
मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो।
चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको छ।
मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:२३ बजे, बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
