विश्वभर एकैदिनमा झण्डै साढे २ लाख संक्रमित थपिए, निको हुनेको संख्या १ करोड ४ लाख नाघ्यो
काठमाडौं, साउन १४ : गत २४ घण्टामा विश्वभर २ लाख ४७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
केही समययता नयाँ बिरामी थपिने क्रम बढेका....

काठमाडौं, साउन १४ : गत २४ घण्टामा विश्वभर २ लाख ४७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका वल्डोमिटरले जनाएको छ । यो सँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ८३ हजार नाघेको छ ।
जसमध्ये १ करोड ४ लाख ४५ हजार मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ५ सय ५९ जनाको ज्यान गएको छ।
यो सँगै कुल मृतकको संख्या ६ लाख ६२ हजार नाघेको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार नयाँ बिरामी थपिएका वल्डोमिटरले जनाएको छ ।
प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












