Kathmandu Press

कुसुमले ल्याइन् माकुरी माया

काठमाडौं, साउन १३ : लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन जनाएकी कुसुम गुरुङ ‘माकुरी माया’ लिएर आएकी छिन्।

गत मंसिरमा पूर्वसभा....

कुसुमले ल्याइन् माकुरी माया

काठमाडौं, साउन १३ : लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन जनाएकी कुसुम गुरुङ ‘माकुरी माया’ लिएर आएकी छिन्।

गत मंसिरमा पूर्वसभासद् मधु गुरुङको शब्द र संगीत रहेको सुन मायामार्फत सांगीतिक पुनरागमन गरेकी उनको माकुरी माया दोस्रो गीत हो। कवि उपेन्द्र सुब्बाको शब्द र पारस मुकारुङको संगीत रहेको लोकलयमा आधारित गीतमा कुसुमलाई स्वरमा भविन ढुंगानाले साथ दिएका छन्। भविन रियालिटी सो भ्वाइस अफ नेपालको दीप श्रेष्ठ टिमका संगीत प्रशिक्षक हुन्।

ठेट शब्दहरू रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् भने भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमको अभिनय रहेको छ। फिल्म मेकिङका विद्यार्थीसमेत रहेका आशिषले म्युजिक भिडियोमा आफूले सक्दो मेहनत गरेको बताए।

२०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि कुसुमले २०६२ सालमा ‘भीरमाथिको गाउँ’ एल्बम बजारमा ल्याएकी थिइन्। टीका चाम्लिङको शब्द र पारस मुकारुङकै संगीत रहेको एल्बमको शीर्ष गीतमा उनलाई स्वरमा भीषण मुकारुङले साथ दिएका थिए।

 

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्