Kathmandu Press

प्रताप दासले ल्याए ‘तिम्ले मलाई बुझेनौँ भने’

काठमाडौं, साउन १३ : गायक प्रताप दासको नयाँ गीत ‘तिम्ले मलाई बुझेनौँ भने’ सार्वजनिक भएको छ।

दासको स्वरमा रहेको गीतको म्युजिक भिडि....

प्रताप दासले ल्याए ‘तिम्ले मलाई बुझेनौँ भने’

काठमाडौं, साउन १३ : गायक प्रताप दासको नयाँ गीत ‘तिम्ले मलाई बुझेनौँ भने’ सार्वजनिक भएको छ।

दासको स्वरमा रहेको गीतको म्युजिक भिडियो पनि युट्युबमा सार्वजनिक गरिएको छ। गीतकार रमेश काफ्लेको शब्दमा संगीतकार राजकुमार बगरको संगीत रहेको गीतको संगीत संयोजन सञ्जिव बराइलीले गरेका हुन्।

म्युजिक भिडियोको निर्देशन सुव्रतराज आचार्यले गरेका हुन्। यसमा आकाश श्रेष्ठ र योगिता दाहालले अभियन गरेका छन्।

उत्सव दाहालको छायाँकन रहेको म्युजिक भिडियोको विष्णु खड्काले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्