कोरोनाबाट निको भए ऐश्वर्या र आराध्या
काठमाडौं, साउन १३ : कोरोना भाइरसको संक्रमण भएका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या निको भएका छन्।
बलिउड अभिनेता अमिताभ ब....

काठमाडौं, साउन १३ : कोरोना भाइरसको संक्रमण भएका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या निको भएका छन्।
बलिउड अभिनेता अमिताभ बच्चनले ट्वीट गर्दै ऐश्वर्या र आराध्या निको भएको जानकारी दिएका छन्। ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज हुँदा आफू खुशीले रोएको बताएका छन्।
अमिताभसँगै अभिषेक, ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण भएको थियो। ऐश्वर्या र आराध्या निको भएका छन् भने अमिताभ र अभिषेकको उपचार जारी रहेको छ।
प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार