कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार
काठमाडौं, साउन १३ : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार नाघेको छ ।
वल्डोमिर्टसको तथ्यांक अनुसार कोरोन....

काठमाडौं, साउन १३ : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार नाघेको छ ।
वल्डोमिर्टसको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ५५ हजार ८७३ जनाको मृत्यु भएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।
पछिल्लो २४ घण्टामा झण्डै ४ हजारको मृत्यु भएको छ । यस्तै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख २४ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको हो । विश्वभर हालसम्म १ करोड वढी संक्रमित निको भएका छन् ।
प्रकाशित मिति: ०७:२० बजे, मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












