अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो
काठमाडौं, साउन १३ : अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।
करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारी....

काठमाडौं, साउन १३ : अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।
करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार एकै दिन ५७० जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १ लाख ५० हजार ४१८ पुगेको छ । यस्तै एकै दिन ६० हजार २७२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमित संख्या ४४ लाख ३२ हजार १११ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म २१ लाख ३३ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ४८ हजार १११ जनामध्ये १९ हजार १४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४१ बजे, मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












