Kathmandu Press

भारतले खरिद गर्यो ३६ वटा फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमान

पेरिस, साउन १२ : भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन्। पहिलो चरणमा पाँच वटा लडाकू व....

भारतले खरिद गर्यो ३६ वटा फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमान

पेरिस, साउन १२ : भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन्। पहिलो चरणमा पाँच वटा लडाकू विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ।

ती लडाकू विमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए। ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ। 

फ्रान्सेली विमानमा सात जना भारतीय पाइलटको समूहसमेत सहभागी छ। उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिमसमेत दिइएको थियो। 

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू विमान समावेश थियो। निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू विमान खरिद गरेको हो।

नयाँ लडाकू विमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन्। 

विमानमा लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडान गरिएको छ।

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्