Kathmandu Press

एनआईसी एशियाकाे ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु

काठमाडौं, साउन १२ : एनआईसी एशिया बैंकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु गरेको छ।

यसअन्तर्गत ग्राहकले खाता खोल्नका लागि भौतिक....

एनआईसी एशियाकाे ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु

काठमाडौं, साउन १२ : एनआईसी एशिया बैंकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु गरेको छ।

यसअन्तर्गत ग्राहकले खाता खोल्नका लागि भौतिक फारमको सट्टा आफ्नो फोटो, आवश्यक कागजात, औंठाछाप, हस्ताक्षरलगायत विवरणहरु डिजिटल प्रणालीबाटै भर्न सक्नेछन्।

यसरी खोलिएको खातामा ग्राहकहरुले नौ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरुमध्ये खाता छनोट गरी बिना झन्झट डिजिटल रुपमा खाता खोल्न सकिने एनआईसी एशिया बैंकले जनाएको छ।

देशको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप बैंकिङ कारोबारलाई बढाउनुका साथै ग्राहकका लागि ल्याइएको अधिकतम सेवाहरुलाई डिजिटल माध्यममा लैजाने लक्ष्य रहेको बैंकले जनाएको छ।

यसले ग्राहकलाई लामो फारम भर्ने तथा लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति दिनेछ। साथै सरल रुपमा सेवा प्रदान हुने बैंकको विश्वास छ।

 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्