Kathmandu Press

सञ्चय कोषका ऋणीले माछापुच्छ्रे बैंकको कनेक्ट आइपिएसमार्फत साँवा तथा ब्याज भुक्तान गर्न मिल्ने

काठमाडौं, साउन १२ : कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा ब्याज माछापुच्छ्रे बैंकको कनेक्ट आइपिएसमार्फत भुक्तान गर्न सकिने भएको छ।

....

सोमबार माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच भएको सम्झौतामा कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम विद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका नायब महाप्रबन्धक श्री विश्वम्भर न्यौपाने र कर्मचारी सञ्चय कोषका चिफ म्यानेजर अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरी गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी सञ्चय कोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन्। यसको मुख्य उद्देश्य विद्युतीय माध्यममार्फत जुनसुकै ठाउँबाट सजिलै किस्ता रकम भुक्तानी गर्न सकिने वातावरण मिलाउनु रहेको माछापुच्छ्रे बैंक लिमिटेडले जनाएको छ।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्