सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ
काठमाडौं, साउन १२ : आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ....

काठमाडौं, साउन १२ : आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो।
आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेको छ। आइतबारको तुलनामा प्रतितोला ६० रुपैयाँ मूल्य वृद्धि भई १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएके छ।
आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:०२ बजे, सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
