Kathmandu Press

अमिताभ बच्चनले कोरोना अस्पतालबाटै सेयर गरे भिडियो

काठमाडौं, साउन १२ : बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना अस्पतालबाट भिडियो सेयर गरेका छन्।

कोरोना भाइरसको संक्रमण भएपछि बच्चन मुम्बईको नानावट....

अमिताभ बच्चनले कोरोना अस्पतालबाटै सेयर गरे भिडियो

काठमाडौं, साउन १२ : बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना अस्पतालबाट भिडियो सेयर गरेका छन्।

कोरोना भाइरसको संक्रमण भएपछि बच्चन मुम्बईको नानावटी अस्पतालमा छन्। उनको उपचार चलिरहेको छ। उनीसँगै अभिषेक बच्चन पनि अस्पतालमै छन्।

त्यस्तै, ऐश्वर्या राय र उनकी छोरी आराध्यको पनि उपचार चलिरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

भारतीय मिडियाका अनुसार अमिताभको रिपोर्ट पोजिटिभ नै आएको छ। तथापि उनको स्वास्थ्य अवस्था सुध्रिदै गएको अस्पतालले जनाउको छ।

आफ्नो स्वास्थ्य अवस्थालाई लिएर अमिताभले सामाजिक सञ्जालमा भिडियो सेयर गरेका छन्। कोरोना अस्पतालबाटै सेयर गरेको भिडियोमा उनले कविता वाचन गरेका छन्।

भिडियोमा उनी किताब पढिरहेका देखिन्छ। अमिताभले पढिरहेको किताब पनि उनका बुवा हरिवं राय बच्चनको हो। अस्पतालमा बस्दा आफ्नो बुवाको खुब याद आएको उनले बताएका छन्।

उनलाई अझै केही दिन अस्पतालमै राखिने जनाएको छ। पूर्णरुपमा निको नभएसम्म डिस्चार्ज नगर्ने अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्