Kathmandu Press

सुनको मूल्य प्रतिताेला ९६ हजार कट्यो

काठमाडौं, साउन ११ : सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेको छ। आइतबार पाँच सय रुपैयाँ मूल्य वृद्धि भएर सुनले आलसम्मकै उच्च मूल्यको रेकर्ड राख्न सफ....

सुनको मूल्य प्रतिताेला ९६ हजार कट्यो

काठमाडौं, साउन ११ : सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेको छ। आइतबार पाँच सय रुपैयाँ मूल्य वृद्धि भएर सुनले आलसम्मकै उच्च मूल्यको रेकर्ड राख्न सफल भएको छ। 

शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्