Kathmandu Press

सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा'को सबैभन्दा राम्रो ओपनिङ

काठमाडौं, साउन ११ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा'ले सबैभन्दा राम्रो ओपनिङ गरेको छ।

यो फिल्म अनलाइन रि....

सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा'को सबैभन्दा राम्रो ओपनिङ

काठमाडौं, साउन ११ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा'ले सबैभन्दा राम्रो ओपनिङ गरेको छ।

यो फिल्म अनलाइन रिलिज गरिएको छ। डिज्नी प्लस हटस्टारमा भएको अनलाइन रिलिज धेरैले मन पराएका छन्। ओटीटी प्लेटफर्मले यो फिल्मको ओपनिङ अहिलेसम्मकै राम्रो भएको जनाएको छ।

यो फिल्मले राम्रो रेटिङ पाएको छ। आईएमडीबीमा यसलाई ९.८ रेटिङ मिलेको छ। रिलिजको केही घन्टासम्म त यसको रेटिङ १० मा १० रहेको थियो।

यस फिल्मलाई रिलिज गर्ने डिज्नी प्लस हटस्टारले अहिलेसम्मकै सबैभन्दा राम्रो ओपनिङ भनेको छ। डिज्नीले ट्वीट गर्दै लेखेको छ, एउटा फिल्म जुन सधै बलिउडका

फ्यानको हृदयमा रहनेछ। तपाईहरुको मायाले दिल बेचारालाई अहिलेसम्मकै सबैभन्दा राम्रो ओपनिङ गर्ने फिल्म बनाएको छ।

तथापि डिज्नीले यससम्बन्धी तथ्यांक भने सार्वजनिक गरेको छैन। दर्शकले पनि राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्।

मुकेश छावडाको निर्देशन रहेको यो फिल्ममा सुशान्तसँगै सञ्जना साँधीको अभिनय रहेको छ। कोरोनाका कारण फिल्म हल बन्द रहेकाले अनलाइन प्रदर्शन गरिएको थियो।

 

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्