Kathmandu Press

विश्वभर झण्डै १ करोड कोरोना संक्रमित निको भए

काठमाडौं, साउन ११ : विश्वभर कोरोना संक्रमणबाट हालसम्म झण्डै १ करोड संक्रमित निको भएका छन् । वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार विश्वभर रहेका १ करोड ६१....

विश्वभर झण्डै १ करोड कोरोना संक्रमित निको भए

काठमाडौं, साउन ११ : विश्वभर कोरोना संक्रमणबाट हालसम्म झण्डै १ करोड संक्रमित निको भएका छन् । वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार विश्वभर रहेका १ करोड ६१ लाख संक्रमितमध्ये ९९ लाख १२ हजार संक्रमित सफल उपचारपछि निको भएका हुन् । 

विश्वका विभिन्न मुलुकमा ५६ लाख संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६६ हजार संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेको छ । कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा ५ हजार ७ सयले ज्यान गुमाएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउने संख्या ६ लाख ४७ हजार नाघेको छ । 

Hardik ivf

पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६७ हजार ४ सय १३ जना थपिएका छन्। अमेरिकामा ४३ लाख १५ हजार वढी संक्रमित मध्ये १ लाख ४९ हजारले ज्यान गुमाउँदा २० लाख वढी निको भएका छन् । ब्राजिलमा ४८ हजार २ सय जना थपिदाँ संक्रमितको संख्या २३ लाख ९६ हजार पुगेको छ । 

जसमध्ये ८६ हजारले ज्यान गुमाएका छन् भने १६ लाख वढी निको भएका छन् । भारतमा ४८ हजार ४ सय भन्दा वढी थपिदा संक्रमितको संख्या १३ लाख नाघेको छ जसमध्ये ३२ हजारले ज्यान गुमाए भने ८ लाख ८६ हजार निको भएका छन् । 

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, साउन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्