करिष्मालाई कलाकारको शुभकामना
काठमाडौं, चैत १० : सानैमा अभिनयतिर लागेकाले छुटेको पढाइ पूरा गर्न कस्सिएकी अभिनेत्री करिष्मा मानन्धर अहिले सबैको प्रेरणा बनेकी छिन् । उनी आइतबारदेखि श....

काठमाडौं, चैत १० : सानैमा अभिनयतिर लागेकाले छुटेको पढाइ पूरा गर्न कस्सिएकी अभिनेत्री करिष्मा मानन्धर अहिले सबैको प्रेरणा बनेकी छिन् । उनी आइतबारदेखि शुरु भएको एसइई परीक्षामा सहभागी भएकी छिन्।
दुई चुल्ठी बाँटेर ‘मलाई पनि अग्रेंजीमा बोल्न सिकाइदेउन’ गीतमा स्कुल ड्रेसमा देखिएकी करिश्मा आइतबार एसइईको परीक्षा दिन जाँदा पनि स्कुल ड्रेसमा उस्तै आकर्षक देखिइन् । ४५ वर्षीया करिश्मालाई उमेरले केही फरक पारेन्।
उनी एसइई दिन जाँदा बिहानैदेखि मिडिया र सामाजिक संजालमा शुभकामना दिनेको ओइरो लागेको छ । कलाकारहरूले पनि उनलाई शुभकामना दिएका छन्।
अभिनेत्री रेखा थापा र ऋचा शर्माले पनि उनलाई समाजिक संजालमार्फत शुभकामना दिएका छन् । अभिनेत्री थापाले करिश्माको फेसबुकमा उनको स्कुल ड्रेसको फोटो पोस्ट गर्दै एसइईको सफलताका लागि शुभकामना दिएकी छन् ।
अभिनेत्री ऋचाले शुभकामना दिँदै लेखेकी छन्, ‘केही गर्न ढिला कहिलै पनि हुदैन र करिष्मा दिदी यसको राम्रो उदाहरण बन्नु भएको छ ।’ योसँगै उनले लेखेकी छिन्, ‘आजको सइई परीक्षाको लागि शुभकामना ! तपाईको यो कामले हामी सबैलाई गर्व महसुस गराइदिएको छ।’
करिष्माले पनि सबैलाई धन्यवाद दिएकी छन् । उनले पहिलो दिनको परीक्षा दिएपछि फेसबुकमा परिवारजन, कलाकर र सबै शुभचिन्तकलाई शुभकामना दिनुभएकोमा धन्यावाद दिएकी छिन्।
करिष्माले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिएकी हुन् । उनले मैतिदेवीस्थित त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन्।
अभियनसँगै पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय छन् । उनी नयाँ शक्ति पार्टीमा आवद्ध छन्।









-1783580717.jpeg)

