Kathmandu Press

कमेडी च्याम्पियनको दोस्रो संस्करण असोजदेखि सुरु हुने

काठमाडौं, साउन ९ : हास्यव्यंग्यात्मक रियालिटी सो ‘कमेडी च्याम्पियन’काे दाेस्राे संस्करण असोजदेखि सुुरु हुने भएको छ।

कलाकार रमा थ....

कमेडी च्याम्पियनको दोस्रो संस्करण असोजदेखि सुरु हुने

काठमाडौं, साउन ९ : हास्यव्यंग्यात्मक रियालिटी सो ‘कमेडी च्याम्पियन’काे दाेस्राे संस्करण असोजदेखि सुुरु हुने भएको छ।

कलाकार रमा थपलियालाई मुख्य भूमिका देखाइएको कमेडी च्याम्पियनको प्रोमो सार्वजनिक गरिएको छ।

कार्यक्रम निर्मात्री नायिका केकी अधिकारीले यो संस्करणलाई अझ भब्य तरिकाले प्रस्तुत गर्न लागेको बताएकी छिन्। यसलाई थप पृथक बनाउन सहकार्य भइरहेको बताउँदै उनले भनिन्, ‘यो सिजनमा अघिल्लो पटकभन्दा बढी दर्शकको अपेक्षा पूरा हुने खालको कार्यक्रम ल्याउँछौं।’

लकडाउनले गर्दा सरेको यस वर्षको संस्करण सरेको थियोे। विशाल भण्डारीको निर्देशन रहने यस संस्करणमा पनि कलाकारहरु सन्तोष पन्त, मनोज गजुरेल,  ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकमा देख्न सकिनेछ।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्