Kathmandu Press

चार महिनापछि 'द कपिल शर्मा सो'को सुटिङ सुरु

काठमाडौं, साउन ९ : कोरोना भाइरसका कारण रोकिएको 'द कपिल शर्मा सो'को चार महिनापछि सुटिङ सुरु भएको छ।

लकडाउनपछि सुरु भएको पहिलो एपिसोडम....

चार महिनापछि 'द कपिल शर्मा सो'को सुटिङ सुरु

काठमाडौं, साउन ९ : कोरोना भाइरसका कारण रोकिएको 'द कपिल शर्मा सो'को चार महिनापछि सुटिङ सुरु भएको छ।

लकडाउनपछि सुरु भएको पहिलो एपिसोडमा बलिउड अभिनेता सोनु सूद देखिएका छन्। उनले लकडाउनबाट प्रभावित मजदुरलाई घर पुर्‍याउन सहयोग गरेका थिए।

सुटिङ सुरु भएपनि यसको प्रसारण भने अर्को महिनादेखि हुने जनाएको छ। पहिलाे एपिसोड अगस्त १ तारेखमा प्रसारण हुने जनाएको छ।

Hardik ivf

कपिल शर्माले पनि फोटो सेयर गर्दै सुटिङ सुरु भएको जानकारी दिएका छन्। यसमा दूरी कायम गरेर थोरै मात्र दर्शक राखिएको छ।

कोरोनाका कारण महाराष्ट्र सरकारले कार्यक्रम निर्माण गर्न मापदण्ड जारी गरेको छ। त्यसअनुसार भीडभाड हुन नदिने गरि कार्यक्रमको ढाँचामा केही फेरबदल गरिएको जनाएको छ।

 
 

 

 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्