Kathmandu Press

सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय

काठमाडौं, साउन ९ : शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड राखेको हो।

बिह....

सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय

काठमाडौं, साउन ९ : शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड राखेको हो।

बिहीबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेको हो। 

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँ पुगेको छ। 

बिहीबार चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्