Kathmandu Press

हाइलाइट्सले हटायो ‘अबको तीज, नो व्रत प्लिज’ गीत

काठमाडौं, साउन ८ : गायिका सोफिया थापाको ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तीजको गीत युट्युब च्यानल हाइलाइट्स नेपालले हटाएको छ।

हिन....

हाइलाइट्सले हटायो ‘अबको तीज, नो व्रत प्लिज’ गीत

काठमाडौं, साउन ८ : गायिका सोफिया थापाको ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तीजको गीत युट्युब च्यानल हाइलाइट्स नेपालले हटाएको छ।

हिन्दू जागरण नेपालले धम्की दिएपछि गीत हटाएको हाइलाइट्स नेपालले जनाएको छ। इो गीत हाइलाइट्स नेपालबाट युट्ब्युमा सार्वजनिक भएको थियो।

सोमबार हिन्दु जागरण नेपालले विज्ञप्ति जारी गरेर हटाउन धम्की दिएको थियो। धम्कीका कारण यसलाई हटाउनु परेको जनाएको छ।

गयिका थापाले भने यसलाई युट्युबबाट नहटाउने जनाएकी छन्। उनले आफूलाई धम्की आइरहेकोले सुरक्षाको माग गरेकी छन्।

यो गीतलाई हाइलाइट्स नेपालले हटाएपनि अन्य थुप्रै युट्युब च्यानलले राखेका छन्।

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्