Kathmandu Press

सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा' रिलिज हुँदै

काठमाडौं, साउन ८ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' भोलि रिलिज हुन लागेको छ।

सुशान्तको एक महिना अघि निधन....

सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा' रिलिज हुँदै

काठमाडौं, साउन ८ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' भोलि रिलिज हुन लागेको छ।

सुशान्तको एक महिना अघि निधन भएको थियो। उनको निधनपछि रिलिज हुन लागेको यो फिल्मको ट्रेलरले युट्यूबमा सबै रिकर्ड तोडेको छ।

युट्युबमा दिल बेचाराको ट्रेलरले सात करोड ९४ लाख भ्यूअर्स पाएको छ। यो बलिउडमा अहिलेसम्मकै धेरै हो।

यो फिल्म भोलि साँझ ७ः४५ बजे डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ। फिल्म हलहरु बन्द भएकाले डिजिटल प्लेटफममा रिलिज गर्न लागिएको हो।

मुकेश छावडाको निर्देशन रहेको यो फिल्ममा सुशान्तसँगै संजना साँधीको अभियन देख्न सकिनेछ। उनी बलिउडमा डेब्यू गर्न लागेकी हुन्।

">http://

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्