सुन तोलामा पाँच सय रुपैयाँले वृद्धि
काठमाडौं, साउन ८ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सु....

काठमाडौं, साउन ८ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ रुपैयाँ निर्धारण गरेको छ।
बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० ले बढेको थियो। बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० रुपैयाँ तोकिएको थियो। यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
