एनसेलको नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ अफर
काठमाडौं, साउन ७ : एनसेल प्राइभेट लिमिटेडले नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ।
काठमाडौं, साउन ७ : एनसेल प्राइभेट लिमिटेडले नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ।
यो अभियान अन्तर्गत सिम खरिद गर्दा ग्राहकले सुरुको रिचार्जमा बोनस स्वरुप डाटा प्राप्त गर्न सक्नेछन्। एनसेलका नयाँ ग्राहकहरुले करसहित केवल ९९ रुपैयाँमा यो प्याकेज सुचारु गर्न सक्नेछन्। साथै एक वर्षसम्म प्रत्येक रिचार्जमा बोनस डाटा प्राप्त गर्न सक्नेछन्।
एनसेलका वाणिज्य प्रमुख प्रदिप श्रीवास्तवले आफ्ना ग्राहककालागि यो अफर ल्याउँदा निकै खुसी लागेको विज्ञप्तिमार्फत व्यक्त गरेका छन्। उनका अनुसार यस्तो अफर ल्याउनुको उद्देश्य मोबाइल डाटा प्रयोग गर्ने ग्राहकहरुलाई धेरै भन्दा धेरै डाटाको अनुभव गराउनु नै रहेको छ।
यो सिम सक्रिय भएलगत्तै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, २०० एमबी डाटा र २० मिनेट टकटाइम प्राप्त गर्नेछन्। जुन ७ दिन सम्मको लागि मान्य हुनेछ। साथै सिम सक्रिय भएपछि मध्य रातमा १०० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गरेबापत ग्राहकले ५०० एमबी डाटा बोनस प्राप्त गर्नेछन्। जुन ५ दिनको लागि मान्य हुनेछ।










-1754206481.jpg)
