अनलाइन प्रदर्शनी ‘मेड इन माइन्ड’को दाेस्राे श्रृंखला सार्वजनिक
काठमाडौं, साउन ७ : कोरोना भाइरसको महामारीबीच भएका समाजिक तथा भावनात्मक परिवर्तन समेटिएको भिडियाे आर्ट प्रदर्शनी ‘मेड इन माइन्ड’को दाेस्रो ....

काठमाडौं, साउन ७ : कोरोना भाइरसको महामारीबीच भएका समाजिक तथा भावनात्मक परिवर्तन समेटिएको भिडियाे आर्ट प्रदर्शनी ‘मेड इन माइन्ड’को दाेस्रो श्रृंखला सार्वजनिक गरिएको छ।
यसमा कलाकारका अनुभव सेमटिएका छन्। कोरोना महामारीबीच पनि भएका केही सराकात्मक परिवर्तनलाई यसमा समेटिएको छ।
कोरोना र लकडाउनले संसारनै एक प्रकारले ठप्प रहेका वेला प्रदुषण कम भएको छ। वतावरण संरक्षणमा सहयोग पुगेको छ। सडक सफा भएका छन्।
त्यस्तै, हिमालहरु टल्किएका छन्। आकाश खुलेको छ। प्रकृति झन सुन्दर बनेको छ। यससँगै सामाजिक तथा भानात्मक परिवर्तन देखिएका छन्।
यिनै विषयको इक्सपेरिमेन्टल भिडियो आर्ट प्रदर्शनी ‘मेड इन माइन्ड’को दाेस्रो श्रृंखला सार्वजनिक गरिएको हो। यसलाई सामाजिक सञ्जालमा पनि सेयर गरिएको छ।
एमक्युब ग्यालरीको प्रस्तुति रहेको प्रर्दशनीलाई निरन्तर दिने ग्यालरीका निर्देशक मनिषलाल श्रेष्ठले बताए। ‘अहिलेको समाजलाई कलाकारले कसरी हेरिरहेको छ भन्ने भावात्मक प्रस्तुतिमा समेट्ने प्रयास यस सीरिजमा गरिएको छ,’ उनले भने।
यसमा अष्टेलिया, क्यानाडा, जर्मनी, चीन, मेक्सिको, थाइल्यान्डलगायत १३ देशबाट ५२ कलाकारको भिडियाे आर्ट प्रर्दशनीमा सहभागिता रहेको थियो।












