Kathmandu Press

कंगनाको आरोपमा तापसी र स्वराको कडा जबाफ

काठमाडौं, साउन ७ : अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउडमा उठेको नातावादको विषयमा दिएको अभिव्यक्तिले अभिनेत्री कंगना रनावत विवादमा मुछिएकी छन्।

कंगनाको आरोपमा तापसी र स्वराको कडा जबाफ

काठमाडौं, साउन ७ : अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउडमा उठेको नातावादको विषयमा दिएको अभिव्यक्तिले अभिनेत्री कंगना रनावत विवादमा मुछिएकी छन्।

बलिउडमा हुने नातावादले कतिपय अभिनेता तथा अभिनेत्रीले फिल्म खेल्ने अवसर पाउन ठूला निर्देशकको चाप्लुसी गर्ने गरेको कंगानाले बताएकी थिइन्। उनको अभिव्यक्तिले विवाद सिर्जना गरेको हो।

कंगनाले  टेलिभिजन अन्तर्वार्तामा आफूले नातावादविरुद्ध र ‘आउटसाइडर्स’का पक्षमा आवाज उठाइरहेको उनको भनाइ थियो। तर, अभिनेत्री तापसी पन्नू र स्वरा भास्करजस्ता कलाकार काम नपाउँदा निर्देशकको चाप्लुसी गर्नेगरेको उनले आरोप लगाइन्। तापसी र स्वरालाई ‘बी ग्रेड’को कलाकार भन्न पनि पछि परिनन्।

उनको आरोपमा तापसी र स्वराले पनि कडा जवाफ दिएका छन्। कंगनाले लक्षित गरेका निर्माताका फिल्ममा आफूले काम नगरेको तापसीले बताएकी छन्।

वर्षमा चार वटा फिल्ममा काम गर्दै आएको उल्लेख गर्दै कंगनाले आफ्नो व्यक्तिगत कुण्ठा पोख्न सुशान्तको मृत्युलाई प्रयोग गरिरहेको तापसीको भनाइ थियो।

अभिनेत्री स्वरा भास्करले पनि यसमा जवाफ दिएकी छन्। कंगनाले तथ्यबिना नै बोलिरहेको स्वराको भनाइ छ। उनले प्रश्न गरेकी छन्, ‘तथ्यबिना बोलिरहेकी कंगनालाई के चाहिएको हो?’

आफू चाप्लुसी गरेर फिल्म क्षेत्रमा काम गर्ने र दोष अर्कालाई लाउने काम नगर्न पनि स्वराले कंगनालाई सचेत गराएकी छन्।

 

 

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्