सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो
काठमाडौं, साउन ७ : नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको ....

काठमाडौं, साउन ७ : नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० रुपैयाँ पुगेको छ।
मंगललबार छापावाला सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ ले बढेर एक हजार १३५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६८ दशमलव ४५ डलर पुगेको छ। अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए।
दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार शून्यमा झरेको महासंघले जनाएको छ। “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोबार शून्य भएको हो”, उनले भने। देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोबार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए।










-1754206481.jpg)
