Kathmandu Press

कोरोनाका कारण नोबेल पुरस्कार वितरण समारोह रद्द

काठमाडौं, साउन ७ : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नोबेल पुरस्कार वितरण समारोह रद्द गरिएको छ।

नोबेल पुरस्कार वितरण गरिने भएपनि वित....

कोरोनाका कारण नोबेल पुरस्कार वितरण समारोह रद्द
फाइल फाेटाे

काठमाडौं, साउन ७ : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नोबेल पुरस्कार वितरण समारोह रद्द गरिएको छ।

नोबेल पुरस्कार वितरण गरिने भएपनि वितरण समारोह भने नहुने भएको हो। कोरोनाका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गर्नु परेको नोबेल फाउन्डेसनले जनाएको छ।

Hardik ivf

नोबेल पुरस्कारको इतिहासमा ६४ वर्षपछि पहिलो पटक नोबेल पुरस्कार विरणत समारोह रद्द गरिएको हो। यसअघि सन् १९५६ मा तत्कालीन सोभियत संघले हंगेरीमाथि आक्रमण गरेपछि नोबेल पुरस्कार समारोह रद्द गरिएको थियो। त्यस्तै, विश्वयुद्धको समयमा पनि नोबेल पुरस्कार वितरण समारोह भएको थिएन्।  

सन् २०२० को नोबेल पुरसकार वितरण समारोह नगरिने भएको हो। हरेक वर्ष डिसेम्बर १० मा पुरस्कार वितरण समारोह हुँदै आएको थियो। समारोहमा एक हजार तीन सय जनालाई निम्त्यो दिइएको थियो।

नोबेललाई संसारकै प्रतिष्ठित पुरस्कार रुपमा लिइन्छ। यो सन् १९०१ मा व्यवसायी अल्फ्रेड नोबेलले स्थापना गरेका हुन्।

प्रकाशित मिति: ११:४७ बजे, बुधबार, साउन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्