शेयर बजारमा लगानीकर्ता नाफा सुरक्षण गर्दै
काठमाडौं, साउन ६ : आज पनि बजारमा गिरावट आएको छ। आज बजार १ दशमलव ०२ प्रतिशतले घट्दै नेप्से परिसूचक १४ दशमलव ९९ अंकले घटेर १४४९ दशमलव ९४ को विन्दुमा बन्....
काठमाडौं, साउन ६ : आज पनि बजारमा गिरावट आएको छ। आज बजार १ दशमलव ०२ प्रतिशतले घट्दै नेप्से परिसूचक १४ दशमलव ९९ अंकले घटेर १४४९ दशमलव ९४ को विन्दुमा बन्द भएको छ। आज १ अरब ८७ करोड २२ लाख रुपैयाँ बराबर रकमको कारोबार भएको छ।
आजको बजारको अवस्था
आज सबै भन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर सर्वाधिक किनबेच भएको छ। हिमालयन डिस्टिलरीको १४ करोड २ ४ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कारोबार हुने
सर्वाधिक कमाउने र गुमाउने
आज एनआईसी एशिया लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले कमाएभने हिमाल दोलखापावरका शेयरधनीले सर्वाधिक ९ दशमवल ८ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको विश्लेषणको निश्कर्ष अनुसार यदि बजार १४५८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार घटेर १४४९ दशमलब ९४ को बिन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैन बत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैन बत्ती विश्लेषण अनुसार हिजो बजारले ‘बियरिस मारुबोजु’ मैन बत्ती आकृती बनाए वापत आज पनि बजारमा बिक्रेताको चाप रहेको देखिन्छ। आज परिमाणले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज कारोबार खुलेदेखि पहिलो एक घण्टा समयमा निकै उतार चढाब बजारमा रहेको देखिन्छ भने दिनभरीको कारोबार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
निश्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिहरुलाई समग्र रुपमा हेर्दा बजार बढ्दो प्रवृत्तिमा रहेको र हाल लगानीकर्ताहरुले नाफा सुरक्षण गरी रहेको देखिन्छ। १३५० हाल बलियो टेवा रहे पनि बजार कुनै पनि समयमा पुन बढ्दो प्रवृत्तिमा हुन सक्ने सम्भावना रहेको छ, त्यसैले यस्तो संकेतलाई कुर्नु पर्ने हुन्छ। यदि बजार १४४४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ। तर यदि १४८० भन्दामाथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन प्रतिरोध १५०० को क्षेत्रमा रहेको देखिन्छ।